बलेरो पिक अपमा गाडी सहित काठ बरामद

| डिभिजन वन कार्यालय रौतहटका निमित्त डिभिजन बन अधिकृत अमरदेव प्रसाद यादबको नेतृत्वमा गएको टोलीले मंगलबार विहान धन्सार जंगलसहिया सडक खण्डबाट गाडी सहित काठ बरामद गरेको हो । जंङ्गसहिया साझेदारी बन जंगलबाट साल जातको रुख काटी टुन टुक्रा पारीएको गोलिया बरामद गरेको छ । ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरिएको एक थान अन्दाजी ५.३९ क्यु.फिट काठ बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । धन्सार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको अबस्थामा बिहान २.३० बजेको समयमा गाडी सहित काठ बरामद गरिएको निमित्त डिभिजन बन अधिकृत अमरदेव प्रसाद यादबले जानकारी दिनुभयो । वन गस्ती टोलिले रौतहट कटहरिया नगरपालिका वडा न.४ बस्ने गाडिको चालक मेतु दासलाई पनि पक्राउ गरेको छ । गाडी , काठ र मानिसलाई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालयमा राखिएको र अनुसन्धान भै रहेको वन कार्यालयले जनाएको छ । |