बालनिकेतन कप उद्घाटन सम्पन्न

रौतहटको चन्द्रपुरमा तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगीताको उद्घाटन समारोह सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित हातेमालो सामुदायिक वन शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा प्रदेश २ का प्रमुख प्रहरी नायक महानिरिक्षक धिरेन्द्र प्रताव सिंहको प्रमुख आतिथ्यतामा सो उद्घाटन समारोह सम्पन्न भएको हो ।

कार्यक्रम साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार भट्टराइको सभापतित्वमा प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरेन्द्र प्रताव सिंहको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी,पुर्व उर्जा राज्यमन्त्रि सत्यनारायण भगत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।  सोमबार भएको उद्घाटन खेलमा मुनलाइट इङलिस बोडिङ स्कुल पर्सालाई २—१ गोल अन्तरले सन साइन एकेडेमी  महोत्तरी विजयी भएको छ ।

महोत्तरीका लागी दुबै गोल जर्सी नम्बर ७ का पवन पाख्रीनले गरेका थिए । आजको उत्कृष्ट खेलाडीको रुपमा म्यान अफ दि म्याच महात्तरीका पवन पाख्रीन घोषित हुनु भइ नगद एक हजार र ट्रफी प्राप्त गरेका छन ।

सनसाइन एकेडेमीले आत्माघाती गोल गरेपछि परिणाम २—१ को पुग्न गएको हो । उद्घाटन खेल आफ्नो पक्षमा विजयी भएपछि महोत्तरी सेमी फाइनलमा प्रवेश गरेको छ । भोली मंगलबार पहिलो खेल बारा एकेडेमी र न्यु एलाइट स्कुल सर्लाही बिच मध्यान्ह १२ बजे हुने र दोस्रो खेल प्रहरी स्कुल रौतहट र नमुना ज्ञानोदय सर्लाही बिच दिउसो २ बजे हुने आयोजकले जनाएको छ ।

error: Content is protected !!