पार्टी भित्रको बिबादलाई लियर कटहरिया नगरपालिकामा बिकाश निर्माणका काम प्रभाबित

रौतहट जिललाको कटहरिया नगरपालिकामा अहिले सम्म कुनै पनि बिकाश निर्माणका कामहरु अगाडी नबढाई योजनाहरु थनकाई मात्र राखेको प्रति यहाका जनप्रतिनिधी स्थानियबासी तथा ब्यपारी र बुधिजिवीहरुले गुनासो र टिका टिप्पणी गर्न थालेका छन । कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहा र सोही पार्टीका उपमेयर नुरजंहान खातुन बिच एक आपसमा सहमती नहुदा बिकाशका निर्माणका कामहरु प्रभाबित भएका छन । पछिलो समय नेकपामा देखिएको बिवाद र गुट उपगुटले गर्दा कटहरियाका मेयर उपमेयरले नगरपालिकाका बिकाश निर्माण कार्य कम र एक अर्का माथि आरोप प्रत्यारोप गर्नमा बढी ब्यस्त भएकाले बिकाश निर्माणका कार्यहरु प्रभाबित भएका छन । याहाका मेयर शियाराम कुशवाहा हालै आफनो गुट परिर्वतण गरि प्रधानमन्त्री केपी शर्मा ओलीमा गएको र उपमेयर प्रचण्ड नेपाल समुहमा लागेका कारण दिन्हु पार्टीकै झगडामा ब्यस्त हुदा बिकाशले गति लिन नसेको यस्थानियहरुको बुझाई छ । कटहरिया नगरपालिकाका जनप्रतिनिधीहरुले दैनिक रुपमा आफनो योजना संचालनका लागि कार्य आदेश पाउन नगरपालिकामा धाईरहदा पनि मेयर उपमेयर बिचको तालमेल नमिलदा कार्य आदेश दिन नसकेको भनी प्रमुख प्रशास्कीय अधिकृत राम प्रकाश साहले सबैलाई फर्काउने कार्य गर्दै आईरहेका गुनासो बढेको हो । आर्थिक बर्ष २०७७ ÷७८को जम्मा ४ महिना मात्र बाकी हुदा पनि कुनै पनि बिकाश निर्माणका कार्यक्रम संचालनमा नगरपालिकाका जिम्मेबार ब्यक्ती चासो नलिनु र आर्थिक बर्षको समयमा काम अधुरै गरि अनुगमनमा कार्य संम्पन भएको भनी बिल बजेट बनाई बिकाश निर्माणका रकम बाडफाड गरि अनियमिता गर्ने बिगतका बर्ष जस्तै यसपालि हुने भनि स्थानिय बुद्धिजीवी तथा बिकाश प्रेमी जनताहरुको ठम्याई रहेको सर्वत्र गुनासो र टिका टिप्पणी भईरहेको देखिएको छन ।

error: Content is protected !!