बिजयपुरमा नगर स्तरीय सेलेक्सन नकआउट फुटवल टुर्नामेन्ट संम्पन, अन्तिम खेलमा भट्टी रान्घी टिम बजयी

सागर संगम ठाकुर । रौतहट । फल्गुण २१ गते

रौतहटको फतुआ बिजयपुर नगरपालिकामा जारी नगर स्तरीय सेलेक्सन नकआउट फुटवल टुर्नामेन्ट प्रतियोगता आज सम्पन भएको छ । रौतहट क्षेत्र नं.३ का पुर्व सांसद एवम संविधान सभा सदस्य शुनिल यादव उर्फ जितेन्द्रले समापन गर्नु भएको छ । श्री निम्न माध्यमिक बिधालय खैरा शिक्षक राधेश्याम राय यादवको विशेष पहलमा र आयोजक टिमका सह सचिव एवम डाइरेक्टर कृष्ण कुमार साह र क्लबका अध्यक्ष बिजाधर रजकको अध्यक्षतामा सो संम्पन भएको हो । गएको फाल्गुन ८ गते देखि श्री माबि बिजयपुरको प्रङ्गनमा खेल शुरु भएको थियो । खेलमा १३ वटा टिमहरुले भाग लिएका थिए । खेल शान्त बतावरणमा भएको र कहिले पनि कुनै प्रकारको बिवाद नभएको आयोजक टिमका अध्यक्ष बिजेन्द्र रजकले बताउनु भयो । शुक्रबार अन्ति खेलमा बोटवा रान्घी र भट्टी रान्घी बिच खेल भएको थियो । खेल शुरु भएको १५ मिनेटको समयमा भट्टी रान्घीले एक गोल गरेका थिए । र त्यसको ठिक १५ मिनेट पछि बोटवा रान्घीले एक गोल गरेका थिए । खेल बराबरीमा भए पछि केही बेर रोकेका थिए । हाप टाईम पछि शूरु भएको खेलमा भट्टी रान्घीले ३५ मिनेटको अन्तरमा दोसा्रे गोल गर्दा बिजय भएका छन । आजका खेलमा बेस्टपलेयर अफ द टुर्नामेन्ट राजकिशोर चौधरी,हाईस्टेक गोल स्कोलर जचेन्द्र चौधरी, बेशट किपर अफ द टुर्नामेन्ट अर्जुन चौधरी हुनु भएको थियो । खेलमा बिजेता भएका प्रथम टिमका खेलाडीहरुलाई पुर्व सांसद जितेन्द्र यादवले नगद रु १४ हजार ट्रफिक मेडल र प्रमाणपत्र बितरण गिरएको छन । त्यस्तै दोस्रो हुने टिमलाई नगद ६ हजार ट्रफिक मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेल समापनलाई सम्बोधन गर्दै यादवले युवा खेलाडीहरुलाई खेलको माध्यमले देश र बिदेशमा आफनो नगरपालिकाको नाम चिनाउन सफल होस भने शुभकामना दिनु भयो । देशको राष्ट्रिय खेल फुटबलनै भएकाले यो खेल खेलेपछि शरिरलाई फाईदा हुनुको साथै खेलकुदको महत्तव समेत बढने बताउनु भयो । साथै वहाले खेलाडीहरुको लागि खेल मैदानको जग्गा उपलब्ध गराउन सम्बन्धी निकाय सगं पहल गरि दिने समेत आश्वासन दिनु भएको थियो । खेल समापन कार्यक्रममा फतुआ बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोद गुप्ता एकाउन्टेन नबिन यादव, ईलका प्रहरी कार्यलय बिजयपुरका प्रहरी निरिक्षक बिशुनी बिक, शस्त्र प्रहरीका प्रमुख, बिजयपुर बजार ब्यवस्थापन समितीका अध्यक्ष बाबुराम अधिकारी, खानेपानिका प्रमुख, बिभिन्न संघ संसथाका प्रमुख, संचारकर्मी,स्थानिय भद्रभलादमीहरुको बिषेश उपस्थीतीमा कार्यक्रम संमपन भएको सचिवालय सचिव गनिलाल यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!