बिधायक यादव द्वारा रौतहटको जोगौलियामा मुसहरहरुको लागि पकी घर शिलान्यास

प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत गुजरा नगरपालिका वडा ८ जोगौलियामा मुसहरुको लागि पकी घर अब बन्नको लागि शिलान्या गरिएका छन । शुक्रबार एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश २ सांसद एवम प्रचण्ड नेपाल समुहका नेकपा नेता नागेन्द्र राय यादवले शिलान्यास गर्नु भयो । सांसद यादवले मुसहर टोलमा जनता आवास योजना अन्र्तगत ७१ वटा घर बनाइने बताएका छन । वडा अध्यक्ष नेकमहम्मद हुसैनको अध्यक्षतामा बिधायक यादवले पंडित बाट मन्त्र उचारण गरि शिलान्यास गरेका हुन । आफनो निर्वाचन क्षेत्र अन्तरगत पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ मा ७१ वटा, वडा नं. ९ दयालपुरमा ५४ वटा,र वडा नम्बर ५ लक्ष्मीपुरमा २५ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद यादवले बताएका छन । शिलान्यास कार्यक्रममा संचारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिदै सांसद यादवले अति बिपन्न मुसहर र डोम जाती बाहे रहेका सुकुमबासी जनताहरुको लागि आफु प्रदेश सरकार सगं पहल गर्ने बताएका छन । घर नभएका र खुल्ला अकाश मुनि बस्ने ब्यक्तीहरुको लागि आउदो बर्षमा प्रदेश सरकार संग घर बनाउनका निमित पहल गर्ने बिश्वास दिलाउनु भयो ।जनता अवासबाट बन्न लागेको घरमा के कस्ता र कतिको गुणस्तरियता काम भईरहेको छ ,भने यसबारे संवयम घरबेटीले नै निगरानि गर्नु पर्ने बताए । वहाले घर निर्माण पश्चात आफु अनुगमन तथा निरिक्षणमा आउदा यदी त्यसमा कही कतै कमश्ल काम देखिएपछि त्यस्ता ब्यक्ती वा ठेकेदारलाई कार्यवाही तथा जरिवाना समेत तिराउनते चेतावनी दिनु भयो । प्रति ब्यक्तीको घर बानाउदा प्रदेश सरकारको साढे तिन लाख रुपैया खर्च भईरहेको भन्दै त्यसको सहि सदुपयोग गर्नु पर्ने सांसद यादवले बताउनु भयो । त्यस्तै पत्रकारहरुले जग्गा धनिलाई जानकारीनै नदि उपभोक्ता समिती गठन गरिरहेको हो भन्दै सोधेको प्रश्नमा जवाफ दिदै वहाले आफु त्यस्तो गलति नगरेको र जसको जग्गा छ उसैलाई हामी समितीमा राखि समिती गठन गरेको छु भने बताउनु भयो । शिलान्यास कार्यक्रममा नेकपाका नगर संयोजक एकरामुल हक, रिषी तिवारी,वडा संयोजक लुटन मन्सुरी,क्युम मन्सुरी,भवानीपुर प्रहरी चौकीका असइ तुलसी राउत र राकेश साह लगायत स्थानिय मुसहर समुदायका ब्यक्तिहरु समाजसेवी लगायत विभिन्न राजनितिक दलका ब्यक्तित्वहरुकोे सहभागीता रहेको थियोे ।

error: Content is protected !!