रौतहटमा २ सहित १४ जना कोरोना संक्रमितको उपचार हुदै

 

रौतहटमा २ जनामा कोरोना संक्रमण रहेको पाइएकोे छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार रौतहटका २ जनामा कोरोना संक्रमित होम आइसोलेसनमा उपचार गराइ रहनु भएको जनाउनु भएको छ । पछिल्लो पटक प्रदेश नंं २ महोत्तरी र सर्लाही कोरोना सङ्क्रमण मुक्त जिल्ला भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले बताउनु भयो । त्यसैगरि सप्तरी र सिराहा जिल्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला भएका थिए । यी जिल्लाहरूको संस्थागत तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका सक्रिय सङ्क्रमित नभएकाले सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले धनुषामा ७, बारामा ४, रौतहटमा २ र पर्सा  जिल्लामा १ जना गरेर कूल १४ जना कोरोनाका सक्रिय सङ्क्रमितहरू होम आइसोलेसनमा रहेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

error: Content is protected !!