भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कामभन्दा बढी केन्द्र सरकारलाई गाली गर्नमै व्यस्त

सागर संगम ठाकुर । रौतहट फाल्गुन २० गते

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कामभन्दा बढी केन्द्र सरकारलाई गाली गर्नमै व्यस्त रहेका छन ।
मन्त्री सोनलले जनताको काम गर्नुपर्ने बेलामा जनताको कामप्रति कुनै ध्यान नै नदिइ केन्द्र सरकारलाई मात्र गाली गरेर दिन बिताइरहेका छन ।
रौतहटको कटहरिया नगरपालिका ९ डुमरीयामा आज जनता आवास कार्यक्रमको शिलान्यास गर्न आएका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कामभन्दा बढी ठुल ठुला भाष्ण नै गरेको पाइएको छ ।
मन्त्री सोनलले जनता आवास कार्यक्रमको नाममा ठुल ठुला भाष्ण गरेर जनतालाई गुमराहमा पार्ने तथा आफुप्रति आकर्षित गर्न खोजेका छन ।
मन्त्री सोनलले रौतहटमा आहिलेसम्म कुनै पनि ठोस विकास निर्माणको कार्य नगरेको र उल्टै रौतहटमा आएर ठुल ठुल्ला कुरा गर्ने गरेको स्थानीयहरुको भनाई छ ।
मन्त्री सोनलले ठुल ठुला भाष्ण मात्रै गर्ने गरेको र विकास गर्न कुनै ध्यान नदिएको रौतहट क्षेत्र नं ३ का राजकुमार यादवले बताएका छन ।
विकासको झुठा आश्वासन दिएर मन्त्री सोनलले यहाँका जनतालाई भ्रमित गर्न खोजेको समेत उनले बताए ।
सबै दलितको घर बनाइदिन्छु अब कसैलाई पनि फुसको छानामा बस्नुपर्दैन जस्ता झुठो आस्वासन दिएर मन्त्री सोनलले आफना लोकप्रियाता कमाउन खोजेको स्थानीयहरुले आरोप लगाएका छन ।
सोचे जस्तो रौतहटमा विकास नै नगरेका मन्त्री सोनलले केन्द्र सरकारले यो गरेन त्यो गरेन जस्ता विभिन्न किसिमको आरोप लगाउने बाहेक अरु केही गर्न नसकेको स्थानीयहरुले बताएका छन ।
त्यस्तै मन्त्री सोनलले रौतहटमा जनता आवास कार्यक्रमको नाममा आफना कार्यकर्ता पाल्ने काम मात्र गरेको आरोप लागेको छ ।
उनले आफनै आसेपासे तथा नजिकका व्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर जनता आवास कार्यक्रम सञ्चालन गरेको स्थानीयहरुले बताएका छन ।

error: Content is protected !!