रौतहट पब्लिक स्कुलको प्रांगणमा कांग्रेसको क्रियासील सदस्यहरुको भेला संम्पन

नेपाली कांग्रेस देवाही गोनाही नगर कार्यसमिति द्धारा रौतहटको देवाही गोनाही नगरपालिकामा अवस्थ रौतहट पब्लिक स्कुलको प्रांगणमा कांग्रेसको क्रियासील सदस्यहरुको भेला संम्पन भएको छ ।
नगर सभापति रामानन्द प्रसाद यादवले प्रदेस ३ ख सभापति राम अयोध्या प्रसाद यादवलाई बुझाईएको र प्रदेस ३ ख सभापतिले रौतहट क्षेत्र ३ को क्षेत्रीय सभापति रामभरोस यादवलाई र क्षेत्रीय सभापतिले जिल्ला सभापति कृष्ण प्रसाद यादवलाई बुझाएको हो ।
पार्टीले महाधिवेशन लाई लक्ष्ति गरि प्रत्येक जिल्लामा आफना सदस्यता नविकरण गर्न फारमहरु स्थानिय तहमा पठाईएको थियो ।
सोहीको अधारमा सदस्यता लिएकाहरुले फारम आज एक भेला मार्फत बुझाईएको छ ।कार्यक्रममा जिल्ला उप सभापति शुनिल यादव,जिल्ला सचिव हृदयनरायण राय यादव ,जिल्ला सदस्य बालमीकी यादव,
नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ३ का सांसद प्रत्यासी तथा संविधान सभा सदस्य सुनिल यादव उर्फ जितेन्द्र यादव , रौतहट क्षेत्र ३ ख का बिधायक प्रतियासी रामनारायण प्रसाद यादव ,
नेपाल शिक्षक संघ रौतहट अध्यक्ष राम कृपाल यादव, कटहरिया नगरपालिकाका नगर सभापित तथा वडा नं.५ वडा अध्यक्ष सर्फलाल गुप्ता जिल्ला सदस्य अर्जुन यादव,रामनरायण यादव , उमेश कुमार यादव , शम्भु कान्त यादव ३ नं. क्षेत्र का क्षेत्रीय सचिव भैरो लाल महतो लागएतका नेताकार्यकर्ताहरुको बिषेश उपस्थिीतीमा भेला संम्पन भएको जिल्ला सदस्य अर्जुन यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!