मेची महाकाली बुहारी संयुक्त आवाज बाराद्वारा आर्थिक सहयोग

मेची महाकाली बुहारी संयुक्त आवाज बाराले निजगढकि ट्युमर पिडित महिलालाई आर्थिक सहयोग गरेकोछ । बुहारी संयुक्त आवाज बाराले निजगढको भक्तलालकि सुनमाया बललाई आर्थिक सहयोग गरेकोहो ।

विगत ३९ वर्ष देखि ट्युमर रोगबाट पिडित ४९ वर्षीय सुनमायालाई मेची महाकाली संयुक्त बुहारी आवाज बाराकी अध्यक्ष सावित्री बराल तिमल्सिना नेतृत्वको बुहारिहरुको टोलीले २५ हजार रुपैंया सहयोग गरेको सचिव उषा थापा मोक्तानले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान लगायत बुहारी संयुक्त आवाज बाराको पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेकोथियो । बुहारी संयुक्त आवाज बाराले बालबालिका तथा महिलाहरुको अधिकार प्राप्तिकोलागी बारामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोछ ।