मेयर कुश्वाहा एकलौटी कटहरिया नपा वडा नं. ९ मा कार्यबाहक वडा अध्यक्षमा साहलाई तोकेपछि बिवाद ,समाचार संकलन गर्न जादा पत्रकारमाथी दुर्ववहार
साग संगम ठाकुर । चैत २८ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले आफनो मनमानी ढगले कार्यबाहक वडा अध्यक्ष हुदाहुदै अर्को कार्यबाहक वडा अध्यक्ष तोकेको भन्दै जनताबाट निर्वाचित वडा सदस्यहरुले मेयर कुश्वाहाको रबैया प्रति आपत्ति जनाउदै त्यसको बिरोध गरेका छन ।
गएको २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियामा तत्तत्कालिन वडा अध्यक्षको रुपमा कांग्रेसबाट रामअज्ञा प्रसाद यादव बिजय भएका थिए ।
यादव कर्तब्य जानको मुदामा पर्वपक्षका लागि जिल्ला कारागार चलान भए पछि रित्त रहेको पदमा नगरपालिकाले निर्वाचित सदस्यमधे बाट एकजनालाई बरिष्टताको अधारमा कार्यबाहक वडा अध्यक्ष्को रुपमा रामअयोधया राय यादवलाई सर्वसहमतबाट चयन गरेका थिए ।
यादवले काम गर्दै जादा नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले यादवको ठाउमा आफनै पार्टीबाट वडा अध्यक्ष्मामा प्रत्यासी नन्दलाल हजरालाई कार्यपालिकाको तर्फबाट वडा सदस्यमा नियुक्त गरि त्यसलाई कार्यबाह वडा अध्यक्षको रुपमा जिम्मेबारी दिएका थिए ।
यादवले बरिष्टताको अधारमा आफुले पाउनु पर्ने भन्दै कार्यबाहक अध्यक्ष हजरा र नगरपालिकालाई बिपक्षी बनाई उच्च अदालत बिरगंजमा मुदा दायर गरेका थिए ।
अदालतले यादवको पक्ष्यमा फैसला गरेपछि पुनः यादवनै कार्यबाहकमा नियूक्त भएका थिए ।
काम गर्दै जादा कटहरिया नगरपालिकाको कार्यपालिका सदस्यहरुको बोड बैठकबाट निर्णय गरि पुनः हजरालाई नै तोकेपछि यादवले हजरा र नरपालिकालाई पुनः बिपक्षी बनाई सर्वोच्च अदालतमा मुदा दायर गरेका छन ।
मुदाको सुनवाई हुन अब एक हप्ता मात्र बाकीं रहेको हुदा नगर प्रमुख शियाराम कुश्वाहाले हजरालाई बर्खास्त गरि नया कार्यबाहक वडा अध्यक्षको रुपमा मनोज कुमार साहलाई तोकेको हो ।
कटहरिया नगरपालिकाले वडा नं ९ का तत्कालिन वडा अध्यक्ष नन्दलाल पास्वानलाई पदबाट हटाएर वडा अध्यक्षमा वडा सदस्य मनोज कुमार साह तेलीलाई चैत्र २५ गते नियुक्त गरेको छ ।
नगरपालिकाले वडा सदस्यहरुको सहमतिको आधारमा नै तेलीलाई वडा अध्यक्षको जिम्मेवारी दिएको जनाएपनि केही वडा सदस्य र स्थानीयहरुले कटहरिया नगर प्रमुख शियाराम कुश्वाहाले एकलौटी रुपमा आफनाखुसी तत्कालिन कार्यवाहक वडा अध्यक्ष पास्वानलाई हटाएको र तेलीलाई नियुक्त गरेको भन्दै आरोप लगाएका छन ।
निवर्तमान वडा अध्यक्ष पास्वानलाई पदमुक्त गर्दै कटहरिया नगरपालिकाले आफुखुसी तेलीलाई वडा नं ९ डुमरीयाको कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको हो ।
वडा नं ९ का वडा समितिका सदस्यहरुको यहि चैत्र १५ गते बसेको बैठकले स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ११६ बमोजिम कार्यवाहक वडा अध्यक्षमा तेलीलाई छनौट गरेको भन्दै सोही निर्णयको आधारमा तेलीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको भन्दै कटहरिया नगरपालिकाले विज्ञप्तीमार्फत जनाएको छ ।
नगरपालिकाले वडा सदस्यहरुको सहमतिको आधारमा नै तेलीलाई वडा अध्यक्षको जिम्मेवारी दिएको जनाएपनि केही वडा सदस्य र स्थानीयहरुले कटहरिया नगर प्रमुख शियाराम कुश्वाहाले एकलौटी रुपमा आफनाखुसी तत्कालिन कार्यवाहक वडा अध्यक्ष पास्वानलाई हटाएको र तेलीलाई नियुक्त गरेको भन्दै आरोप लगाएका छन ।
कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाएका मनोज कुमार साहको आज पदभार ग्रहण कार्यक्रम राखिएको थियो ।
त्यसतै आफु दलित भएको कारणले गर्दा मेयर कुश्वाहाले आफुसंग भेदवाव गरेको हजराले आरोप लगाएका छन ।
नगरपालिकाले साहलाई दिएको जिम्मेबारी आफुहरुलाई मन्य नहुने भन्दै पदभार ग्रहण गरेको तुरुन्तै सदस्य अंकलिया देवी रामअयोध्या राय यादव र कार्यबाहक अध्यक्ष नन्दलाल हजराले कार्यलयमा गई कामकाज ठप्प पारि काममा रोक लगाएका छन ।
करिब १२ बजेर ४५ मिनेटको समयमा सदस्यहरुले काम बन्द गराएका छन । उनिहरुले अब फैसला भएपछि मात्र काम गर्न दिने सदस्यहरु र हजराले बताउनु भयो ।
पदभार ग्रहन गर्ने क्रममा ईलका प्रहरीकार्यलय कटहरियाका सई माहान्नद कुर्मी सहतका टोली संचारकर्मीहरुको उपस्थितीरहेको थियो ।