अवैध भन्सार छलीका बेवारिसे समान प्रहरी नियन्त्रणमा

 

सरिता कुशवाहा
रौतहट

रौतहटको गरुडाबाट अबैध भन्सार छलिका चिनि र रेडिमेड कपडा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

आइतबार इलाका प्रहरी कार्यालय गरुडाबाट खटिई गएको प्रहरी टोलीले गस्ती गर्दै जादा रौतहटको गरुडा नगरपालिकाको वडा नं. १ जयनगर स्थित गौर–चन्द्रपुर सडक खण्डस्थित सडकको किनारमा भारतबाट भन्सार छली ल्याएको वेवारिसे अवस्थामा रहेको चिनीका बोरा तथा रेडिमेड कपडा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बेवारिसे अबस्थामा फेला परेको उक्त समानहरु कसैले दावि गर्न नआएपछि अन्दाजी एक लाख तेईस हजार पाँच सय सत्तरी बरावरको चिनी तथा रेडिमेड कपडाहरु थप  आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

error: Content is protected !!