ट्याक्टरको ठक्करले पोल भाचियो स्थानिय अन्धकारमा

रौतहटको कटहरिया नगरपालिकाका ३ वटा वडामा मंगलबारबाट विद्युत अवरोध भएको छ । मंगलबार कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगही टोलमा रहेको एक विद्युत पोलमा ट्याक्टरले ठक्कर दिदा पोल भाचिएपछि सो पोल हुदै विद्युत आपुर्ति हुने कटहरियाका वडा नम्बर ७ सहित ८ र ९ का स्थानिय बासिन्दा विद्युत सेवाबाट बन्चित भएका छन ।

16 Push 077 final

कटहरियाको बगही , पिप्रा पोखरिया र डुमरिया टोलका बासिन्दा मंगलबार अन्धकारमा बस्न बाध्य भएका छन । पोल भाचिएकाले बुधबार मात्रै पोल मर्मत हुने र विधुत सेवा बुधबार मात्र सुचारु हुने नेपाल विधुत प्राधिकरण वितरण केन्द्र मौलापुर शाखाका कार्यालय प्रमुख ई.शक्ति साहले बताउनु भयो । पोललाई ठक्क। दिने ट्याक्टर फरार रहेको र ठक्कर दिने ट्याक्टरको खोजी कार्य भइरहेको जनाइएको छ ।