सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

सरिता कुशवाहा । रौतहट बैशाख २२ गते ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले बुधबार समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएका छन् । प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन् । 

16 Push 077 final

मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिन राष्ट्रपतिमार्फत प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेको छ