
रौतहटमा कोरोनाबाट सोमबार थप २ जनाको जना मृत्यु
सरिता कुशबाहा । रौतहट बैशाख २७ गते ।
कोरोना संक्रमणका कारण रौतहटमा थप २ जनाको मृत्यु भएको छ । गएराति एक जना र सोमबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै रौतहटमा कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार ४ बजेसम्म १७ जनाको मृत्यु भएको तथ्याङकमा उल्लेख गरेको थियो । आज सोमबार थप २ जनाको मृत्यु भएसँगै रौतहटका १८ जनाको कोरोना संक्रमितहरुको मृत्यु भएको छ । आज बिहान मृत्यु भएका १ ब्यक्ति सर्लाहीको बलरा—३ का ५६ बर्षिय महिला रहेकाले रौतहटमा मृत्यु भएकाहरु १९ जना मध्ये १८ जना रौतहटका रहेका छन ।
रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कटहरिया नगरपालिका २ हंथियाही गाउँका संक्रमित ५० बर्षिय पुरुषको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
पछिल्लो चार पाँच दिनदेखि ज्वरो रुघाखोकी लागेका उनको गाउँघरमै उपचार चलिरहेको थियो ।
आइतबार साँझ स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारको लागि उनलाई प्राथमिक स्वास्थ केन्द्र कटहरिया लगिएको थियो ।
अक्सिजनको मात्रा एकदम न्यून भएकाले श्वास फेर्न समेत गाह्रो भैरहेका उनलाई उपचार चल्दै गर्दा मृत्यु भएको अस्पतालका डा. सन्तो यादब ले जानकारि दिएका छन .
भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा सर्लाही बलरा ३ की ५६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हिजो मात्रै रौतहटका २ जनाको गौरमा र १ जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।