रौतहटमा आइतबार ५८ जनामा कोरोना , मुत्यु हुने संख्या १७ पुग्यो
मेनुका दास । रौतहट बैशाख २७ गते ।
रौतहटमा आइतबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रौतहटको गौरस्थित अस्पतालमा गरिएको परिक्षणमध्ये ४७ जनाको पिसिआर र ११ जनामा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
आइतबार रौतहटका ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै रौतहटमा मृृत्यु हुनेको संख्या १७ पुगेको छ । मृत्यु हुनेहरुमा रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा २ जना र बिरगंजमा १ जनाको मृत्यु भएको हो । उपचारको क्रममा रहेका २ जना गौर अस्पतालमा र १ जना विरगैजमा ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्य हुनेको संख्या १७ पुगेको हो ।
गएराति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गते सम्ममा रौतहटका १७ जना संक्रमितले ज्यान गुमाइ सकेका छन । गौर अस्पतालको पीसीआर ल्याबमा भएको १ सय १३ जनाको परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।
आइतबार थपिएका मध्ये सबैभन्दा बढी २२ जना परोहा नगरपालिकाका छन भने गौर नगरपालिकाका १९ जनामा संक्रमण देखिएको छ । शनिबार मात्रै रौतहटमा ४८ नयाँ संक्रमित थपिएका थिए ।