जिल्ला प्रशासन कार्यलय रौतहटले जारी गरेको निषेशधज्ञा कटहरियामा उलघङ्गन

सागर संगम ठाकुर । रौतहट बैशाख २६ गते ।

जिल्ला प्रशासन कार्यलय रौतहटले जारी गरेको निषेशधज्ञाको कटहरियामा उलघङ्गन भएको छ ।
प्रहरी प्रशासनको गैर जिम्मेबारीपनको कारणले गर्दा बजारमा मानिसहरुको चहलपहल बढेको थियो ।
कोरोनाका संक्रमणले रौतहटमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढदै जान थालेपछि आज बाट निषेधाज्ञा लागु गरिएको छ ।
जिल्लाको अन्य ठाउमा बिहान देखि बजार तथा चौकहरु सुनसान देखिए पछि कटहरिया बाजारमा सवारी साधन तथा मानिसहरुको आवतजावत चहलपहल भएको देखिएको छ ।
कटहरियामा निषेधज्ञाको समयमा पनि केही पसलहरु खुल्लानै रहेको देखिएको छ ।
बिहानको समयमा हलका कडाई गरिए पनि दिउसो देखि बजारमा केही ब्यपारीले त्यसको उलघङ्गन गरेको पाईएको छ ।
नजिकैमा रहेको ईलका प्रहरी कार्यलयबाट प्रहरीले कुनै वास्ता नगरेपछि बजारमा चहलपहल बढेका थिए ।
कटहरिया बजारमा प्रहरी प्रशासनले कडाई नगरे यो नगरपालिका मा संक्रमितको संख्यामा बृद्धी हुने देखिएको छ ।
सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना नगरि निर्वाध रुपमा स्थानियहरु आवतजावत गरिरहेको देखिएको छ ।

error: Content is protected !!