रौतहटको गरुडा शुक्रबारबाट पुर्ण रुपमा बन्द हुने
सरिता कुशवाहा । रौतहट बैशाख ३१ गते ।
रौतहटको गरुडा शुक्रबारबाट पुर्ण रुपमा बन्द हुने भएको छ । कोरोना संक्रमणका कारण गरुडाका २ जना प्रतिष्ठित ब्यक्तिहरुको मृत्यु भएसँगै गरुडा नगरपालिकाको कार्यपालिकाको विहिबार बसेको बैठकले शुक्रबारदेखि जेठ ९ गतेसम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख इन्दु राय यादवले बताउनु भयो ।
गरुडाका युवा समाजसेवी तथा पत्रकार मनोज कुमार चौधरी र उद्योग बाणिज्य संघ गरुडाका उपाध्यक्ष तथा रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणले मृत्यु भइसकेको छ । अल्पायुमा नै दुवैको मृत्युले गरुडा नगरपालिकामा ठुलो क्षति पुगेको नगर प्रमुख यादवले बताउनु भयो ।
बन्द अवधिमा नगर क्षेत्रमा रहेका औषधी , पेट्रोल पम्प , एम्बुलेन्स , स्वास्थ्य सेवा बाहेक अन्य ब्यापार ब्यवसाय, उद्योगधन्दा , कलकारखाना , निर्माण कार्य , संघसंस्था, बैक , वित्तिय संस्था आदी पुर्ण रुपमा बन्द रहने गरुडा नगर कार्यपालिकाले एक प्रेश विज्ञप्ति निकालेर जानकारी दिइएको छ ।