ज्वरो र रुघा भएको छ भने कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह
सरिता कुशवाहा । रौतहट जेष्ठ ०९ गते ।
कुन्नैपनि व्यक्तिलाई रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अपिल गर्नु भएको छ । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण हुनसक्छ । रुघा र ज्वरा भएको मानिसलाई पनि कोरोना पुष्टि भएको बताउनु हुदै कोरोना परीक्षण गर्न कटहरियाका स्वास्थ्य केन्द्रका डा.शन्तोष यादबले अनुरोध गर्नु भएको छ ।
नयाँ भेरियन्टको कोरोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न कटहरियाको अस्पतालका डा. यादबले आग्रह गर्नु भएको छ ।
सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउन नै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव दिनुभएको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डा.यादबले बताउनु भएको छ ।
पहिलो चरणमा कोरोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको समेत बताउनु भयो । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव डा.शन्तोष यादबले दिनु भएको छ ।
यो अवधिमा प्रशस्त मात्रामा सुत्न, यथेष्ट तातोपानि सरसफाईमा ध्यान राखनु उहाँले आम नागरिकहरुलाई सल्लाह दिनु भएको छ ।