गौर अस्पतालमा पत्रकारद्धारा १४ थान पिपिइ हस्तान्तरण
नेपाल पत्रकार महासंघ रौतहटले गौर अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमितहरुको उपचार गराउदै आएको गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना महामारीबाट जोगिन प्रयोग गर्नु पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो ।
रौतहटकमा पछिल्लो समयमा कोरोना संक्रमणको मुख्या क्षेत्र बन्दै गएको रौतहटमा उपचाररत खटिनु भएको स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिमबाट जोगाउन १४ थान पिपिइ गौर अस्पतालका प्रमुख डाक्टर कुष्ण साहलाई हस्तान्तरण गर्नु भएको हो ।
रौतहटको गौरमा हाल ९१ जना संक्रिय संक्रमितहरु रहेका छन जसमध्ये गौर अस्पतालमा १८ जनाको उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर कृष्ण साहले बताउनु भयो । कार्यक्रममा डाक्टर साह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, कोभिड अस्पताल प्रमुख घनश्याम ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पुर्व सचिब गौतम श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।