झाले निशुल्क मोवाइल सेटसहित सिम वितरण
रौतहट कृषक महिलाहरुलाई समाजसेवी अन्जु झाले निशुल्क मोवाइल सेटसहित सिम वितरण गर्नु भएको छ । रौतहट क्षेत्र नम्बर २ इशनाथ नगरपालिकासहित सो क्षेत्रका विभिन्न नगरपालिकाका ५ हजार कृषक महिला दिदिबहिनीहरुलाई बुधबार एक कार्यक्रमका साथ निशुल्क मोवाइल सेटसहित सिम वितरण गर्नु भएको छ ।
कृषक महिलाहरुलाई सञ्चार क्षेत्र बाहिर रहदा बजारीकरणमा समस्या रहेको र सहज बजारीकरणको लागी सञ्चारको पनि महत्वपुर्ण भुमिका रहेको सामजसेवी अन्जु झाले बताउनु भयो ।
अन्य ब्यावसायीहरुलाई अनिवार्य मोवाइलको प्रयोग गर्दै आएको तर कृषकहरुले भने मोवाइल प्रयोग नगर्ने परम्पराले कृषकहरुको तरकारी, फलफुलहरु खेतमा नै कुहिने गरेको समेत झाले टिप्पणी गर्नु भएको छ ।
अब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उहाले जोड दिनु भयो । कृषकहरुले पनि अब मोवाइलको प्रयोगले आफ्नो खेतमा उत्पादन गरिएका खाद्यान्न , तरकारी तथा फलफुलहरु बिक्रि गर्न सहज हुनेमा कृषकहरुमा विश्वस्त भएको बताएका छन ।