पछिल्लो २४ घण्टामा रौतहटमा ३७ जनामा कोरोना पुष्टि

रौतहटमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रौतहटको गौर अस्पतालमा १८० जनाको पिसिआर परिक्षण गराउदा ३६ जना र १ जनाको एन्टिजेन विधिद्धारा परिक्षण गराउदा कोरोना संक्रमण पुष्टि भएपछि विहिबार रौतहटमा ३७ जनामा कोरोना पुष्टि भएको हो ।

विहिबार थप २ जनाको मृत्यु भएसँगै रौतहटका मृत्यु हुनेको संख्या भने ८८ पुगेको छ । रौतहटको अन्य स्थानिय तहहरुमा भन्दा चन्द्रपुर नगपालिकामा कोरोना संक्रमण दर घटन सकेको छैन ।

अहिले चन्द्रपुर नगरपालिकामा १४७ जना संक्रिय संक्रमितहरु रहेका छन । जसमध्ये ११ जना शहिद स्मृति पार्कस्थित आइसोलेसनमा उपचाररत रहनु भएको छ । बाकी १३६ जना भने होमआइसोलेसनमा रहेका छन । चन्द्रपुरका होमआइसोलेसनमा रहनु भएका संक्रमितहरुले स्थानिय सरकारले बेवास्ता गरेको आरोप लगाउदै आएका छन ।

error: Content is protected !!