रौतहटका विद्यालयहरु आजबाट सञ्चालनमा
रौतहट १ असार । रौतहटमा बुधबारबाट विद्यालयहरु सञ्चालनमा आएका छन । नेपाल सरकारले असार १ गतेबाट नया शैक्षिक सत्र शुरु गरेसँगै रौतहटका सम्पुर्ण निजि तथा सामुदयिक विद्यालयहरु सञ्चालनमा आएका हुन । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट रौतहटका सम्पुर्ण विद्यालयहरुले विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउनबाट पढाइ सुरु गर्ने तयारीमा विद्यालयहरु लागी परेका छन । रौतहटको चन्द्रपुर नगर क्षेत्रका सम्पुर्ण निजि विद्यालयहरुले बुधबारबाट विद्यालय खोलेर विद्यार्थी भर्ना कार्यक्रमसहित डाटा आवधिक गर्नुका साथै पाठ्यपुस्तकको ब्यबस्थापन गर्ने जनाएको छ । तत्काल माथिल्लो कक्षाका विद्यार्थीहरु लक्षित अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको तर भौतिक रुपमा कक्षा सञ्चालनको सोच समेत नबनाएको चन्द्रपुर नगर प्याब्सनका अध्यक्ष लोक बहादुर श्रेष्ठले बताउनु भयो । मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्य तालिका बनेको सामुदायिक विद्यालयहरुले जनााएका छन । कोभिड–१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोही कार्यतालिका अनुसार स्थानीय सरकारले असार महिनाभर भर्ना अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइ सक्ने योजना रहेको चन्द्रपुर नगर शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलको भनाइ रहेको छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन ।