रौतहटका २ प्रमुख सहित ५ उपप्रमुख एमाले प्रबेश गरेकाहरु कारवाहीमा
रौतहट ७ असार । रौतहटकमा एमाले प्रबेश गरेका नेकपा माओवादी केन्द्रका २ प्रमुख र ५ उपप्रमुखहरुलाई कारवाही गरेको छ । निष्कासनमा पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरी शंकर प्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह रहेका छन । सोमबारको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका मुलुकभरका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको हो । सोमबार बसेको नेकपा माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो । निष्कासन गरिएको पत्र सोमबार नै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ । सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडा अध्यक्ष सुरेश कुमार थापा, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, कैलालीकै गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका– ४ का वडाध्यक्ष पुरन विसीलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।