रौतहट जिल्लाको मौलापुर नगरपालिकामा झडप

रौतहट जिल्लाको मौलापुर नगरपालिकामा झडप भएको छ । पार्टीबाट निस्कासित भएका निवर्तमान संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा हुन् लागेको मौलापुर नगरपालिकाको नगर अधिवेशनको विरोधमा उत्रेका स्थानीयहरु र प्रहरी विच दोहोरो झडप भएको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका नगर प्रमुख रिना कुमारी साहले नगरपालिकामा अनियमितता गरेको भन्दै प्रतिपक्षमा रहेका ५ दलीय गठबन्धनले चर्को नारावाजी गर्दा स्थानीय सरकार प्रमुखले भिड नियन्त्रण गर्न प्रहरीको सहयोग लिएपछि झडप भएको छ ।
भिड नियन्त्रण गर्नका लागि प्रहरी आस्रु ग्यासको समेत प्रयोग गरेको छ ।

नेपाली कांग्रेस ,नेकपा एमाले माधव नेपाल पक्ष , नेकपा माओवादी केन्द्र प्रचण्ड समुह ,जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चा नेपालका समर्थक तथा स्थानीय तहमा निर्वाचित आधा दर्जन वडा अध्यक्षहरु समेतले गएको आर्थिक वर्षको हिसाव किताव सार्वजनिक गर्नु पर्ने , अनियमिततामा संलग्न नगर प्रमुख माथि कार्यवाही गर्नु पर्ने लगायतका माग राख्दै नगर अधिवेशनको विरुद्धमा नारावाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।

हजारौको संख्यामा रहेका प्रदर्शनकारीहरुले मौलापुर बजारमा प्रदर्शन गरेका हुन् । विधि पुर्वक नगर सभा गर्नु पर्ने माग राख्दै प्रदर्शन गर्न खोज्दा प्रभु साहका गुण्डाहरुले प्रहरीकोे आडमा अक्रमण गरि प्रदर्शानकारीहरुलाई घायल बनाएको कांग्रेसका युवा नेता शन्तोष यादवले आरोप लगाउनु भयो ।

आफुहरुले शान्ति पुर्ण आन्दोलन गरिरहदा प्रहरीले प्रभु साहको आडमा हस्तक्षेप गरेको जनता समाजवादी पार्टी नेपालका युवा नेता लखिन्द्र यादवले आरोप लगाएका छन् ।ईलका प्रहरी कार्यलय मौलापुरका प्रहरी निरिक्षक राकेश यादवले जनताको शान्ति सुरक्षा गर्नुको सटा प्रभु साहको भाई नागेन्द्र को घरमा गई चाकरी गरिदै आएको माओबादी केन्द्रका नेता एमं वडा नं. २ का वडा अध्यक्ष रामप्रबेश यादवले बताउनु भयो ।

यस्तो कार्य गर्ने ईन्सपेक्टरको सरुवा नभए सम्म आफुहरुको आन्दोलन नरोकिने प्रर्दशनकारीहरुले बताउनु भयो ।
शान्तिपूर्वक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको उनले भने सत्ता र पावरको दुरुपयोग गरेको मेयर साह भ्रस्टाचारी हुन् ।
प्रहरीले फायर गर्दा करिव १५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताउदै यादवले घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भीर रुपमा घाइते भएका केहि प्रदर्शनकारीलाइ विरगंज पठाउने तयारी भैरहेको जानकारी दिएका छन् ।
५ दलीय गठवन्धनले पारदर्शी रुपमा नगर सभा हुनु पर्ने माग राख्दै केहि दिन पहिला संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।

नगर प्रमुख रिना साहले बुधवार विकास निर्माणको कार्यमा अवरोध पुर्याई रहेको भन्दै नेकपा माओवादी केन्द्रको झन्डा सहित प्रदर्शन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थति नियन्त्रण गर्नको लागि सुरक्षाकर्मीको तर्फबाट १४ राउण्ड हवाई फायर र २३ राउण्ड टीअर ग्यास प्रहार गरिएको जानकारी बताउनु भएको छ । झडपमा ६ जना सुरक्षाकर्मीका जवान र ५ जना प्रर्दशनकारीहरु सामान्य घाइते भएको उनले बताएका छन् ।
व्यापक रुपमा प्रहरी परिचालन गरिएकोले स्थति नियन्त्रणमा आउने अवस्थामा रहेको छ । नगर प्रमुखको विरुद्धमा ६ जना वडाध्यक्ष , सदस्य समेत रहेका छन् । पथरा बुधराम , मर्यादपुर , सोनारनियाका स्थानीयहरू नगरप्रमुख र प्रभु साहको विरुद्धमा उभिएका छन् ।
बाहिर स्थानीयहरू विच झडप भइरहदा भित्र नगर प्रमुख साहले नगर अधिवेशन सम्पन्न गरेको छ ।

नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।
तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

error: Content is protected !!