रौतहटको गौर सवगढामास्थिा ,लच्चाकामा अत्याधिक पानी आवतजावतमा अवरोध, सचेत रहन प्रहरीको आग्रह

 रौतहटको चन्द्रनिगाहपुर—गौर विरेन्द्र राजमार्ग अन्र्तगत गौरस्थिा सवगढामा रहेको लच्चाका अत्याधिक पानीको सतह बढेपछि राती साढे २ बजेदेखि गौर प्रबेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

निरन्तर भारी बर्षा भएपछि राती नै प्रहरीको टोली अनुगमनमा निस्किएको थियो । सो क्रममा सवगढामा पानीको बहाव उच्च रहेकाले राती साढे २ बजेबाट सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

रौतहटका २ ठुला नदीहरु बगमति र लालबकैयामा पानीको सतह केही कम भएको भएतापनि शनिबार परेको भारीले पुन ति खोलामा पानीको बहाव बढ्ने सक्ने जिल्ला प्रशासन कार्यालय रौतहटले आंकलन गरेको छ ।

बाढी र बर्षाले हुन सक्ने क्षतिको न्युनिकरणका लागी रातभर प्रहरीहरु परिचालन गरिएको रौतहट प्रहरी प्रमुख सिद्धिविक्रम साहले बताउनु भयो । शनिबार रातीदेखि निरन्तर भारी बर्ष भइरहेको जसले गर्दा रौतहटका १८ ओटै स्थानिय तहहरुका बस्तिमा पानी पसेको छ । जसले गर्दा रौतहटमा नागरिकहरुले जनजीवन प्रभमवित भएको छ ।

error: Content is protected !!