सागर संगम ठाकुर । रौतहट भदौ १० गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ७ प्रेमपुर गोनाहीमा साईकल बितरण कार्यक्रम संम्पन भएको छ ।
प्रदेश दुई सरकारको बेटी बचाउ बेटी पढाउ अभियान कार्यक्रम मार्फत माबि प्रेमपुर गोनाहीमा ५३ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ ।
प्रधानाअध्यापक राम एकवाल राय यादवको अध्यक्षतामा प्रमुख अथिती प्रदेश दुईका प्रदेश सांसद रौतहट क्षेत्र नं. २ क का बिधाय राम किशोर यादव, बिशिष्ट अथिती देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले संयुक्त रुपमा बितरण गर्नु भएको भयो ।
विद्यालयमा आयोजित साईकल बितरण कार्यक्रममा प्रमुख अथिती प्रदेश सांसद यादवले साइकल वितरणले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवत जावतमा सहज र समयको समेत बचत हुने उदेश्यले बितरण गरिएको बिश्वास ब्यक्त गर्नु भयो ।
विद्यालय टाढा भएकाकै कारण कतिपय छात्राहरुले बिचमा नै पढाई छाड्ने गरेको भन्दै त्यस्ता समस्या अन्त्य गर्नको लागि साईकल बितरण गरिएको वहाले बताउनु भयो ।
प्रदेश सरकारको महत्वकांन्क्षी योजना मार्फत शिक्षामा छात्राहरुको उच्च लगानी होस भने उदेशयले कार्यक्रम ल्याईयोको यादवले बताउनु भयो ।
प्रदेश सरकार छोरीको हक हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको उनले बताएका छन ।
त्यस्तै बिशिष्ट अथिती नगर प्रमुख पटेलले आफनो नगरपालिकामा शिक्षमा बिषेश लगानी गर्न योजनाहरु ल्याएको बताउनु भयो ।
प्रत्यक वडाका बिधालयहरुमा शिक्षा सुधार कार्यक्रमको लागि भवनको आवश्यक्ता रहेको र बिस्तारै बिस्तारै सबै पुरा गर्ने बताउनु भयो ।
कार्यक्रममा राजनितीक दलका प्रतिनिधी बुद्धिजिवी अभिभावक भद्रभलादमी संचारकर्मी लगाएत स्थानियहरुको उस्थितीरहेको स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।