रौतहटको बिजयपुर बजारमा शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा। लि। उदघान पछि संचालनमा

सागर संगम ठाकुर धरहरी रौतहट । भदौ १४ गते
कृष्ण जन्माष्टमीको अवसरमा पारेर रौतहटमा शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा। लि।उदघान पछि संचालनमा आएको छ।
जिल्लाको मध्य भाग फतुआ बिजयपुर नगरपालिका वडा नं। ८ बिजयपुर बजारमा यो हस्पिटल संचालनमा आएको हो ।
जिल्लाको मुख्य मुख्य शहरहरुमा हस्पिटल खुली सकेकाले मध्य भागमा राम्रो र सुबिधा संम्पन होस्पिटल नहुदा नागरिकहरुले निकै समस्या झेलिदै खाएको थियो ।
फतुवा बिजयपुर नगरपालिकको वरिपरी राम्रो हस्पिटल नहुदा त्यस भेगका बिरामीहरु शहरका हस्पिटलहरुमा जान बाध्य भएका थिए ।
वर्षातको समयमा बिजयपुर एरियाका नागरिकहरु बिरामी हुदा, एमबुलेन्स जाने बाटोघाटो राम्रो त्यस भेगका नागरिकहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो ।
तर सोमबार देखि सुबिधा संम्पन शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा।लि।संचालनमा आए संगै त्यस भेगका स्थानियहरु निकै हर्षित भएका छन ।


अब आफनै गाउ ठाउको मुख्य शहरमा सुबिधा संम्पन हस्पिटलबाट इर्मजेन्सी सेवा,अल्ट्रा साउण्ड, भिडियो एक्स्रे, गर्नुको साथ आखां बिभिन्न प्रकारका रोगहरुको उपचार गरिने भएकाले अब बाहिर जाने बाध्यता अन्त्य भएका छन ।
ईलाका प्रहरी कार्यलयको ठिक पुर्वपटीमा रहेको नव निर्मीत तिन तल्ले भवनमा २४ घण्टा सुबिधा संम्पन सेवाहरु उपल्बध हुने शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टरका संचालक अनिल जयसवालले बताउनु भयो ।
हस्पिटलमा प्रत्यक दिन महिला डाक्टर सिर्जना खाट्टीले महिलाहरुको शरिरमा हुने बिभिन्न प्रकारका रोगहरुको उपचार गरिने संचालक जयसवालले बताएका छन ।


त्यस्तै डाक्टर संजिव जयसवालले आखां सम्बन्धी कुुनै प्रकारको रोग भए त्यस्को सफल उपचार गरिने हस्पिटलले जनाएको छ ।
यस भेगका नागरिकहरुको सेवा गर्ने मुख्य उदेशयका साथ शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टरका प्रा।लि। संचालनमा आएको संचालक जयसवालको भनाई रहेको छ ।

error: Content is protected !!