रौतहटमा भन्सार छलीका समाग्री प्रहरी द्धारा बरामत

सागर संगम ठाकुर । रौतहट कार्तिक ७ गते
रौतहट प्रहरीले वेवारिसे अवस्थामा बरामदत गरिएको समाग्री भन्सार कार्यलयममा बुझाईएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा भारतबाट
भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको नाईलनको झोलाहरुमा रेडिमेड कपडाहरु अन्दाजी मुल्य रु.४ हजार ५ सय बरावरको कपडाहरु प्रहरीले टोलीले बुझाईएको हो ।
गरुडा नगरपालिका वडा नं. ५ शिवनगर स्थित सडकको पश्चिम किनारमा नाईलन तथा कपडाको
झोलामा भारतबाट भन्सार छली चोरी पठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको एसियन कम्पनीको पेन्ट भएको झोलाहरु समेत बरामत भएको प्रहरीले जनाएको छ ।
बरामत गरिएको झोलाहरु को कसको हो भनि स्थानिय संग सोधपुछ गर्दा कोही कसैले मेरो हो भनि दाबी गर्न नआएकोले अंदाजी मुल्य रु. ३० हजार ५०० गरी कुल जम्मा रु. ७२ हजार ५ सय ५०
बरावरको कपडा तथा पेन्टहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

error: Content is protected !!