कटहरियाका मेयर कुश्वाहाले नगरपालिको कोषबाट छात्राहरुलाई गरे साईकल बितरण
प्रकाश श्रेष्ठ कटहरिया रौतहट । कार्तिक २९ गते
रौतहटको कटहरिया नगरपालीकाले कक्षा १० मा पढाई गर्ने छात्राहरुलाई साईकल बितरण गरेका छन ।
नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले आज एक कार्यक्रमका बिच श्री जनता माध्यमिक बिधालय कटहरियका छात्राहरुलाई उक्त साईकल बितरण गरिएको हो ।
बिधालयका प्रअधानध्यापक योगेन्द्र प्रसाद कुश्वाहको अध्यक्षतामा प्रमुख अथिती नगर प्रमुख शियाराम कुश्वाहा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले कक्षा १० मा पढने १२० जना छात्राहरुलाई साईकल बितरण गरिएको छ ।
अन्य अन्य बिधालयमा प्रदेश सरकारले
साईकल बितरण गरिए पछि यो बिधालयमा अहिले सम्म बितरण न गरिएपछि नगर प्रमुख कुश्वाहाले आफनो नगरपालिकाको तर्फबाट खरिद गरिएको १२० वटा साईकल छात्राहरुलाई बितरण गरिएको बताउनु भयो ।
प्रदेश २ सरकारले यो बिधालयमा राजनितीक प्रतिसोधका कारण अहिले सम्म बितरण नगरिएको मेयर कुश्वाहाको भनाई रहेको छ ।
शिक्षामा छोरीहरुको पहुच राम्रो होस भन्ने मुल्य उदेश्यका साथ साईकल बितरण गरिएको मेयर सियाराम कुश्वाहाले बताउनु भयो ।
तराई मधेशका जिल्लाहरुमा छोरीहरु माथि भई रहेको विभेदलाई अन्त्य गर्न र उच्च शिक्षा हासिल गरियोस भन्ने उद्देश्यले वितरण गरिएको बताए ।
प्रदेश २ सरकार समक्क्ष आफुहरुले साईकलको लागि माग फारम पठाउदा सरकारले कुनै वास्ता नगरे पछि गनरपालिकाले आफनै लागानीमा खरिद गरिएको १२० वटा साईकल आज बितरण गरिएको मेयर कुश्वाहाले बताउनु भयो ।
नगरपालिकाले उपलब्ध गराएको साईकल पाए पछि छात्राहरु हर्षित हुदै मेयर कुशवाहालाई धन्याबाद समेत दिएका छन ।
साईकल बितरण कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष एवं कटहरिया नगरपालिका वडा नं. ४ का अध्यक्ष चन्दन कुश्वाहा, क्यामपस प्रमुख गजेन्द्र प्रसाद यादव,शिक्षक कपिलदेव राय यादव,बिरेन्द्र यादव, सोनेलाल ठाकुर,
नगरपालिकाका कर्मचारीहरुमा प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह, जिन्सी प्रमुख छोटेलाल मिश्र,नायब सुव्वा हरेन्द्र यादव,उमेश दास बिधालयका शिक्षक शिक्षिका नगरपालिकाका कर्मचारीहरुको बिषेश उपस्थितीमा साईकल बितरण गरिएको थियो ।