रबिन्द्र प्रजापति, मंसिर १९ गते रौतहट ।
साधुको भेषमा भारतबाट नेपाल प्रवेश गरेका दुईजना शंकास्पद व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन् ।
वीरगञ्जको नग्वाबाट स्थानीयहरुले दुई साधुलाई नियन्त्रणम लिइ प्रहरीको जिम्मा लगाएका हुन् ।
परिचय सोधपुछको क्रममा सहि नाम ठेगाना नबताएपछि शंकास्पद ती दुई व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
साधु भएपनि दुबैजनाले हिन्दु देवीदेवताको नाम समेत बताउन नसकेको स्थानीको भनाइ छ ।
दुबैजनामाथि थप अनुसन्धन भइरहेको पर्सा प्रहरीले जनाएको छ ।