हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत र उहाँकी पत्नीको निधन

मंसिर २२ गते रौतहट ।

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ ९सीडीएस० का जनरल बिपिन रावतको ६३ वर्षको उमेरमा निधन भएको छ ।

तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको निधन भएको हो ।

भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ । हेलिकप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाँदै थियो ।

16 Push 077 final

भारतीय वायु सेनाका अनुसार यो एमआई(१७बी ५ हेलिकप्टर थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । त्यसपछि सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि बिपिन रावतको घु पुग्नुभएको थियो ।

जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएको थियो ।

यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।