बारामा अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु

रबिन्द्र प्रजापति, मंसिर २३ गते रौतहट ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ टेलिकम नजिकै अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी अटो रिक्सा पल्टिदा भने अन्य २ जना घाइते भएका छन् ।

बुधबार बेलुकी ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको हो ।

उपचारको लागि वीरगञ्ज स्थित वयोधा अस्पताल पु¥याउना साथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

error: Content is protected !!