आगलागी हुँदा घरमा सुतिरहेकी दुई बालिका र एक वृद्धसहित तीनजनाको मृत्यु

रबिन्द्र प्रजापति, पुस ०१ गते रौतहट ।

सर्लाहीमा आगलागी हुँदा घरमा सुतिरहेकी दुई बालिका र एक वृद्धसहित तीनजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिया टोलका जोगी महराकी ३ वर्षीया छोरी सुगन्धी महरा र ५ वर्षीया छोरी लक्ष्मी महरा रहेकी छिन्।

गएराती सवा ९ बजेतिर विद्युत सर्ट भइ आगलागी हुँदा महराको फुसको कच्ची घरमा आगलागी भएको थियो।

आगलागीबाट छोरी लक्ष्मी र सोगान्धी जलेर गम्भीर घाइते भएकी थिइन् । दुबैजनाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रसाद बुढाथोकीले बताएका छन् ।

समान्य घाइती भएकी चमारकै अर्की छोरी ५ वर्षीय सुधा कुमारीको स्थानीय मेडिकलमा उपचारपछि घर पठाइएको उनले बताए । आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब २५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो ।आगलगीमा करिब ५० हजार बराबरको क्षति भएको पिडित महराले बताएका छन्।

यस्तै मलंगवा नगरपालिका (६ खुटौनाको ७० वर्षीय वृद्ध नसिर खाँनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। जाडोबाट बच्नका लागि परालको घुर बाली आगो ताप्दै गरेका नासिरको कपडामा एक्कासी आगो सल्किदा ज्यान गएको प्रहरीले जनाएको छ ।

नासिर करिब साढे ११ बजेतिर घरभन्दा ५ सय मिटर पर आगो ताप्न गएका थिए । कपडामा आगो लागेपछि छटपटाउँदै उनी छेउकै नालीमा गएर खसेका थिए । प्रहरीले नालीमा खसेको अवस्थामा नासिरको उद्धार गरेका थिए ।

आगोले पोलेर गम्भीर घाइते भएका नासिरलाई प्रहरीले उपचारका लागि जिल्ला अस्पताल ल्याइएपनि उपचारको क्रममा उनको बिहीबार बिहान सवा ७ बजेतिर मृत्यु भएको प्रवक्ता बुढाथोकीले बताएका छन् ।

error: Content is protected !!