रबिन्द्र प्रजापति, पुस ४ गते रौतहट ।
सिरहामा छुरा हानाहानमा एक युवकको मृत्यु भएपछि स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
घटना विरोधमा स्थानीयले बिहानैदेखि गोलबजार स्थित पुर्वपश्चिम राजमार्गमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका स्थानीय २६ वर्षीय रामकुमार सदाको शनिबार साँझ छुरा प्रहारबाट मृत्यु भएको थियो भने स्थानीय १९ वर्षका युवक निकेश सदा गम्भीर घाइते भएका छन् ।
उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ ।
दुई समूहबीच छुराहानाहान भएकको सिरहा प्रहरीले बताएपनि अर्को एक समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
दोषीलाई यथासिघ्र पक्राउ गरी कारबही गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ति दिनु पर्ने लगायका माग राखेर स्थानीयहरुले गोलबजारको व्यवसाय समेत बन्द गराउँदै हिडेका छन् ।
इलाका प्रही कार्यालय गोलबजार अगाडी समेत उनीहरु प्रदर्शन जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुझाथोकीले घटना विषयमा अनुसन्धान भइरहेको र दोषीको खोजि कार्य जारी रहेको बताए ।