स्रोत नखुलेको साढे ६ लाख रकम सहित २ जना भारतीय बिरगञ्जबाट पक्राउ

रबिन्द्र प्रजापति, पुस २२ गते रौतहट ।

स्रोत नखुलेको साढे ६ लाख रकम सहित २ जना भारतीय नागरिक बिरगञ्जबाट पक्राउ परेको छ

प्रहरीले स्रोत नखुलेको रकम सहित हुण्डी कारोबार गरेको आरोपमा भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण ढाका थाना विक्रमपुर– ७ बस्ने जादोलाल साह र मोतिहारी जिल्ला छौडादानो थाना– ३ बस्ने बिगन साहलाई पक्राउ गरेको हो।

16 Push 077 final

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले बीरगन्ज– १६ शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका दुवैजनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट साढे ६ लाख स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरूद्वको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए।