म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप ४ वर्षको जेल सजाय

काठमाण्डौ पुस, २७ गते ।
म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा हुनुहुन्छ । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको थियो । अहिले म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

सेनाले सञ्चालन गर्दै आएको अदालतले सुकीलाई अवैध रूपमा वाकी–टकी आयात र प्रयोग तथा कोरोना भाइरस महामारीपछि लागू भएका स्वास्थ्यका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको हो । तर सुकीले आफूमाथि लागेका आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ ।

error: Content is protected !!