जनकपुरधामबाट झण्डै ८ लाख बराबरको चाँदीको गहना सहित एक जना पक्राउ

रबिन्द्र प्रजापति, पुस २७ गते रौतहट ।

प्रहरीले जनकपुरधामबाट झण्डै ८ लाख बराबरको चाँदीको गहना सहित एकजनालाई पक्राउ गरेका छन् ।

जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।

16 Push 077 final

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाईकलमा सवार रहेका खातीलाई मोटरसाईकल तथा शरीरमा खानतलासी गर्दा पिठयूमा बोकेको झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ को गहना र १ लाख १२ हजार ६ सय रुपैया तथा ३ लाख बराबरको मोटरसाइकल प्रहरीले बरामद गरेका छन् ।

प्रहरीले ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई नियन्त्रणमालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।