सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि

रबिन्द्र प्रजापति, पुस २७ गते रौतहट ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ । सोमबार साँझ दुवैजनाको रिपोर्ट पोजेटिभ आएको छ ।

दुबैजनाले आइतबार बेलुका स्वाब दिएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईं आ–आफ्नो निवासमा आइसोलेट भएका छन् ।

16 Push 077 final

प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए । एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए ।

कोरोना संक्रमण पुष्टि भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।