पर्सा जिल्लाको एमाले अधिवेशन अनिश्चितकालका लागि स्थगित

रबिन्द्र प्रजापति, पुस २८ गते रौतहट ।

16 Push 077 final

सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। मंगलबार वीरगन्जमा उद्घाटन समारोह भएपछि नेतृत्व चयनका लागि बन्द सत्रमा प्रवेश गरिएको थियो । बन्दसत्रमा नेतृत्व चयनमा सर्वसहमति हुन सकेन ।
त्यसपछि अध्यक्ष मण्डलले सूचना टाँसेर अर्को सुचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरेको एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।
दासका अनुसार अध्यक्ष मण्डलको बैठक बसेर जिल्ला अध्यक्षमा सर्वसम्मत सहमति जुटाउने प्रयास गरिएको थियो। तर अध्यक्ष मण्डलको बैठकमा जिल्ला अध्यक्षका बारेमा सहमति नजुटेपछि चुनावी प्रकृयामा जान माग गरिएको थियो । एमाले पर्साको अध्यक्षका लागि पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जय प्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेताहरु विश्वम्भर शर्मा र नवराज शर्मा गरि ६ जना आकांक्षी थिए।