राजधानीको लागि प्रदेश सभामा आज हुन लागेको मतदानको समाचार संकल गर्न पत्रकारलाई रोके

बौद्धिमाई खबर माघ ०३ गते रौतहट ।

अहिले दलहरुले दिनहु भीडाड गरेर भेला, पार्टी प्रवेश गर्ने जस्ता कार्यक्रम गरिरहेका छन् ।

तर, प्रदेश २ को नाम र स्थायी राजधानीको लागि प्रदेश सभामा आज हुन लागेको मतदानको समाचार संकल गर्न रोक लगाएको छ ।

कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा समेत प्रवेश गर्न पत्रकारलाई रोक लगाएको हो ।

सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन् ।

प्रदेश सभा परिसरमा पुगेर समेत मतदानको समाचार संकलन गर्न रोक लगाएको विरुद्धमा प्रदेश सभा परिसरको मूलद्वारमा पेन डाउन गर्ने तयारी गरेको छ ।

error: Content is protected !!