बौद्धिमाई न्युज डेस्क, माघ ४ गते रौतहट ।
मधेश प्रदेशमा आज सार्वजनिक विदा रहेको छ ।
सोमबार दुई तिहाइ बढी बहुुमतबाट प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जाकपुरधाम’ टुंगो लागेपछि, खुसियालीमा आज सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिए
उनले मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुको सल्लाहमा नै खुसियालीमा विदा घोषणा गरिएको टुडेपाटीलाई बताए ।
सोमबार बसेको प्रदेशसभा बैठकबाट झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ । राजधानीका लागि भएको मतदानमा ९९ जनाले मत खसाउँदा ७८ जनाले जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।
त्यस्तै नामका लागि भएको मतदानमा ८० जनाले मत खसालेपछि नाम र राजधानीको प्रस्ताव दुई तिहाइ भन्दा बढीले पास भएको हो ।