महोत्तरीबाट नक्कली नोटसहित दुई युवक पक्राउ

रबिन्द्र प्रजापति, माघ ०४ गते रौतहट ।
महोत्तरीबाट नक्कली नोटसहित दुई युवक पक्राउ परेका छन् । सोमबार दुबैजनालाई महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरफ मोहम्द र जनकपुरधाम उप महानगरपालिका ६ बस्ने वर्ष २६ का जाहिद रेजा रहेको प्रहरीले जनाएको छ
भारतबाट नेपाल तर्फ आउदै गरेको बा.२१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो व्याग भित्र बाहिरी पट्टी नेपाली एक हजार दरको नोट र पछाडी पट्टी नेपाली रु.१००० (एक हजारको नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ व्याण्डल पेपर ४५६ थान, ५ सयको दरको नोट लगायतको नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुबैजनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

16 Push 077 final