मधेश प्रदेश नामाकरण गरेको विरोधमा प्रदेश सांसदहरुको पुतला दहन

बौद्धिमाई न्युज डेस्क, माघ ४ गते रौतहट ।

प्रदेश २ को नामाकरण मधेश प्रदेश गरेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् ।

मंगलवार ८ जिल्लालाई मधेश प्रदेश नामाकरण गरेको भन्दै त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका छन् ।

२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ ।

युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जनकपुरधामस्थित जानकी चोकमा युवाहरुले ८ जिल्लालाई मधेश प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुतला जलाएका छन्

कर्णले २२ जिल्लाको मधेश रहेकाले ८ जिल्लालाई मात्र मधेश स्वीकार गर्न नसकिने बताए उनले आफुपनि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण ५ वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेश प्रदेश मान्य नहुने बताए । ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

error: Content is protected !!