बौद्धिमाई न्युज डेस्क, माघ ४ गते रौतहट ।
मधेश सरकारले प्रदेशमा भोलीपनि सार्वजनिक विदा दिएका छन् ।
नाम र स्थायी राजधानी तय गरेको खुशीयालीमा आज (मंगलबार) सार्वजनिक विदा दिएको मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोलीपनि प्रदेशमा सार्वजनिक विदा दिएका छन् ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।
यस वर्ष सप्तरीमा बलिदानी दिवस मनाउन लागेका छन् ।
सोमबार प्रदेशसभामा भएको गोप्य मतदान पश्चात प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आजका लागि विदा दिएका थिए ।