रबिन्द्र प्रजापति, माघ ०५ गते रौतहट ।
भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए । खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, ‘म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’ खेसारीलालको नाममा आयोजकले टिकट काटेको कुराको जानकारी पनि उनलाई थिएन ।