रबिन्द्र प्रजापति, माघ ०५ गते रौतहट ।
महोत्तरीबाट गुऔषध नाइट्रोभेट सहित दुई जना पक्राउ परेका छन् । बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका वडा नं. ४ कठुधारबाट दुबैजनालाई नाइट्रोभेट–१० सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ का २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका वडा नं। ४ का २३ वर्षीय आकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्रोभेट–१० बरामद गरिएको प्रवक्ता विष्टले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन् ।
नयाँ समााचार