चिसो छल्न आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको हो । बुधबार साँझ आफ्नै घरमा आगो (घुर) तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा बुधबार राती साँढे ११ बजे जिल्ला अस्पताल मलंगवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।