केही दिनदेखि चलिरहेको शीतलहरले रौतहटका जनजीवन प्रभावित

रबिन्द्र प्रजापति, माघ ०६ गते रौतहट ।
रौतहट सहित तराई मघेशमा शीतलहरका कारण जन जीवन प्रभावित बनेको छ
केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि रौतहटका जनजीवन प्रभावित बनेको छ । गत माघ २ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।
ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा रौतहटको गौर गरुडा कटहरिया चन्द्रनिगाहपुर लगाएतको हाटबजार , सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ ।
त्यसैगरी मधेस प्रदेशको नामाकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हँुदा पनि कर्मचारी जडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको छ ।

error: Content is protected !!