सप्तरीबाट ठुलो परिणाममा लागुऔषध सहित तीनजना पक्राउ

रबिन्द्र प्रजापति, माघ ०७ गते रौतहट ।
सप्तरीबाट ठुलो परिणाममा लागुऔषध सहित तीनजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउाँपालिका वडा नं. ५ का २७ वर्षीय राज कुमार मेहता, सोहि ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नं. ६ का २५ वर्षीय बैजु साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीकाले जनाएको छ बिहिवार राति करिब १० बजेको समयमा तीनै जनालाई छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही स्थित पूर्व पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोबाट पक्राउ गरिएको छ ।
को.२३ प २७७३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा डाइलेक्स डिसी लेखिएको १०० एमएलको १ सय ९० बोतल, डाइजेपाम २ एमएल लेखिएको ९५ वटा इन्जेक्सन, फेनारगन २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल, लिगेसिक २ एमएल इन्जेक्सन ९५ एम्पुल बरामद गरिएको जिल्ल प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

16 Push 077 final