गएराती बागमती पुलमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक युवकको मृत्यु

रबिन्द्र प्रजापति, माघ ०८ गते रौतहट ।
गएराती सर्लाहीको बागमती पुलमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ
मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौली घर भएका करिव ३४ वर्षीय सुनिल बम्जन रहेको प्रहरीले जनाएका छ
शुक्रबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १२ स्थित बागमती पुलमा मोटरसाइकल मोटरसाइकल टिपरमा ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बम्जन सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा रौतहटको चन्द्रपुर पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

16 Push 077 final